राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझायो ज्ञापनपत्र

काठमाडौं – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्। पार्टीका नेताहरूसहित केसी ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।गण तन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर ज्ञापन पत्र बुझाइएको महासचिव मनोज भट्टले जानकारी दिए । ज्ञापनपत्रमा उल्लेख गरिएका विस्तृत विषय केहीबेरमा मिडियामा सार्वजनिक गरिने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्