अवैध लागूऔषध सहित बैतडीको सुर्नया र कैलालीबाट पक्राउ

बैतडी, सुर्नया गाउँपालिका-१ हटैराज गुरगेलि बस्ने २५ वर्षीय दिपक चन्दलाई अवैध लागूऔषध चेरश १ सय ९९ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले सोही ठाउँमा संचालन गरेको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ केराबारीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ७९ मिलिग्राम सहित रामधुनि नगरपालिका-३ पिप्राहा बस्ने २७ वर्षीय करण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहास्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ डेरा गरी बस्ने अछाम सांफे नगरपालिका-३ घर भएका ३४ वर्षीय मुकेश कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्