फिजम ग्रामर इन्टर स्कुल फुटवल : लाइसिमय स्कुल, नेक्सस स्कुल र ग्रामर स्कुल विजयी

काठमाडाैं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिताको दोस्रो दिन आज तीन समुहबीच खेल भएको छ । खेल तालिका अनुसार आज पहिलो खेल लाइसियम स्कुल र नेपाल तारा स्कुल बीच भएको छ । जसमा लाइसिमय ८–० गोल अन्तरले विजयी भएको छ । निर्धारित समयमा नेपाल तारा स्कुलले भने गोल आफ्नो पोल्टा पार्न सकेन । जसमा पहिलो हाफमा लाइसियका सुजल खत्रीलले तीन मिनेटमा गोल गरे भने प्रशान्त भण्डारीले १३ औँ मिनेटमा गोल गरे । यस्तै सक्सेस सेन्धाईले २० औँ मिनेटमा र एलिन रिमाले २४ औँ मिनेटमा गोल गरे । यस्तै दास्रो हाफमा लाइसिसियले दुई मिनेटमै गोल गर्न सफल भयो । एलिन रिमालले १३ औँ मिनेट मिनेट गोल गरे भने सक्सेस सेन्धाईले २५ औँ र ३२ औँ मिनेटमा गोल गरेर खेललाई आफ्नो पोल्टामा पार्न सफल भए ।

यस्तै आजै भएको दोस्रो खेलमा नेक्सस स्कुल १६–० ले विजयी भएको छ । दिपीका स्कुलले भने गोल गर्न सकेन । जसमा नेक्ससका देव राज मगरले दुइ मिनेट मै पहिलो गोल गरे भने श्माम मगरले पाँच मिनेटमा गोल गरे । यस्तै सलोन मगरले ९ मिनेटमा, श्याम मगरले खेलको पहिलो १५ मिनेट, कृष्ण आलेले २४ औँ मिनेट तथा अनिष मगरले २७ औँ मिनेटमा र दिली लिम्बुले ३० मिनेटमा गोल गरे । यसैगरी दोस्रो हाफमा एक मिनेट, तीन मिनेट र पाँच मिनेटमा लगातार एलेन लावतीले गोल गरे भने कृष्ण बहादुर आलेले सातौँ मिनेटमा गोल गरे । यस्तै श्याम मगरले दशाैँ, एलेन लावतीले पुनः विसौँ मिनेट तथा श्याम मगरले २३ औँ, डेनियल सेनले २५ औँ र कृष्ण आलेले २६ औँ मिनेटमा गोल गर्दै खेल जिताउन सफल भएको कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो ।

यस्तै तालिका अनुसारको तेस्रो खेलमा हर्बन पब्लिक स्कुलले वाक ओभर दिएको भएर ग्रामर स्कुल स्वतः विजयी भएको छ । प्रतियोगिता अन्र्तगत पर्सि शुक्रवार स्वर्णीम तारा विद्या सदन र अर्किड स्कुले भिड्ने छन् । यस्तै दोस्रो खेल माउण्ट सेव स्कुल र कामयक स्कुल बीच हुनेछ भने तेस्रो खेल मोनाष्टिक पब्लिक स्कुल र ग्लोबल पब्लिक स्कुलबीच हुने जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो ।

फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता : बेष्ट ग्रुप भीजन स्कुल ३–० ले विजयी

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्