किसान महासंघ लुम्बिनी प्रदेश तेस्रो विस्तारित बैठक सम्पन्न

लुम्बिनी – अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय समितिको तेस्रो विस्तारित बैठक दाङकाे भालुवाङमा आयोजना गरि बुधबार सम्पन्न गरिएको छ । महासंघको राष्ट्रिय समितिकाे अध्यक्ष बलराम बाँस्कोटाकाे प्रमुख आतिथ्यतामा आयोजित बैठकमा प्रदेश भित्रका १२ वटै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नो जिल्ला महासंघको संगठनात्मक अवस्था, गरिएका गतिविधि, आगामी कार्ययोजना, स्थानीय किसानकाे समस्या तथा माग, किसान संघर्षका कार्यक्रम लगायतका विषयमा रिपोर्टिङ गरिएको थियो ।

कार्यक्रममा किसान सुचना तथा प्रविधिकाे विषयमा डा. विशालकुमार भण्डारीले किसानलाई वर्तमान समयमा आवश्यक प्राविधिक ज्ञान, सरकारी नीति कार्यक्रम तथा बजेट, बजार, जलवायु परिवर्तन, विषयगत कृषि क्षेत्रमा लाग्ने राेग र निदानकाे उपायबारे सरल र सहज तरिकाले सुचना प्राप्त गर्ने ज्ञान सीपकाे बारेमा सहजीकरण गर्नुभएको थियोे ।

त्यसै गरी कार्यक्रममा उपस्थित राष्ट्रिय समितिका उपाध्यक्ष द्वय रामकुमार ज्ञवाली, कृष्ण बि.सी. महासचिव प्रमेष पाेखरेल, सचिवहरु हनुमान चाैधरी, भरत प्रसाद फुयाल, प्रेमा अधिकारी,काेषाध्यक्ष दयालक्ष्मी श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य माेहन गाैतमले आगामी दिनमा पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने पहिलो र महत्त्वपूर्ण आधार भनेकै किसान महासंघ हाे । देशमा जति पनि राजनीतिक तथा सामाजिक रुपान्तरण भएका छन ती सबै किसानहरूकाे आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धि, त्यसैले विश्वव्यापी रुपमा प्रभाव पार्दै आएको नवउदारवाद,साम्राज्यवाद र पूँजीवादकाे प्रतिवाद गर्दै किसान मजदुरलाई सम्मान हुनुपर्छ, खाद्य सम्प्रभुता तत्काल लागू गर्न, किसान अधिकार सुनिश्चित गर्न, किसानले भाेग्नुपरेकाे समस्या समाधानका लागि किसानमैत्री नीति तथा कार्यक्रम काे व्यवस्था हुनु पर्दछ।

किसान अधिकारका लागि सबै किसान एक भइ संघर्षमा उत्रिनुकाे अर्को विकल्प नभएको विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी महासचिवले बैठकमा बैठकको एजेन्डा सहित आफ्नो मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि बलराम बाँस्कोटाले समग्र संगठन विस्तार व्यवस्थापनकाे लागि संगठनात्मक निर्देशन सहित आफ्नो मन्तव्य राख्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्