गौरीगंगा नगरपालिकाको मन्कापुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

कैलालीको गौरीगंगा नगरपालिका -७ स्थित मन्कापुरमा नि:शुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो । प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देबीदत्त कडेलले शिबिरको आँखा जाँच गराइ उद्घाटन गरे ।

नगर प्रमुख कडेलले निशुल्क आँखा जाँचले गाउँमा राम्रो सेवा पाउने कुरा बताए । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाका सभापति छ्त्र बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गौरीगंगा नगरपालिका कार्यालय चौमलाका प्रशाकीय अधिकृत हरिदत्त भट्ट र समाजदेबीको उपस्थिति रहेको थियो । सो शिबिरमा ३ सय जनाले आँखा जाँच गराएका थिए । शिबिरमा आँखाको समस्या भएका बिरामीलाई निशुल्क औषधी र चम्मा वितरण गरिएको थियो । धगगढी नेत्रालय प्रा.लि.का दृष्टि विशेषज्ञ मेलिना मडै र नेत्र सहायक रबिन चौधरी सो शिबिरमा आँखा जाँचमा संलग्न रहेका थिए ।

निशुल्क आँखा शिबिर नगरपालिकाको ११ वडामा संचाल हुने नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाका सभापति छ्त्र बमले वताए । यसै गरि गौरीगंगा नगरपालिका वडा न ९ स्थित मसुरिया साझाबजारमा शुक्रबार भएको निशुल्क आँखा शिबिरमा ३९८ जनाले आँखाको परीक्षण गराएका थिए । शिबिरमा आँखाको समस्या भएका बिरामीलाई निशुल्क औषधी र चम्मा वितरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी र स्वंयसेबिकाले सहयोग गरेका थिए । कार्यक्रममा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र स्वंयसेबिकाले सहयोग गरेका थिए । शिबिरमा नेत्रालय प्रा.लि.का नेत्र सहायक निकेत राना,सरस्वती राना,रविन चौधरीको टोलीले आँखा जाँच परीक्षण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्