नेशनल प्याब्सन काठमाडौँ जिल्लाले गरेको वक्तृत्वकला सम्पन्न

काठमाडौँ – आइतबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन काठमाडौँ जिल्लाले आयोजना गरेको र कागेश्वरी मनोहरा नगर कमिटिले व्यवस्थापन गरेको वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका संयोजक प्रेमकुमार भुजेलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम उद्घाटन समारोहमा नेसनल प्याब्सनका सह–अध्यक्ष सुवास न्यौपानेले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै सबैलाई कार्यक्रम सफलताको शुभकामना दिएका थिए । प्रतिस्पर्धिमा ३२ विद्यालयले नाम दर्ता गराएको मध्ये ४ वटाले मेडल, ट्रफि र नगद सहित प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गरेका थिए ।

जस अन्तर्गत मनास्लु वल्ड स्कुल प्रथम, मिलन धर्मस्थल स्कुल द्धितीय, दिव्य ज्ञान स्कुल तृतीय भएको छ । यसैगरी मेगा पब्लिक स्कुल चौथो भएको कार्यक्रमका संयोजक प्रेम कुमार भुजेलले जानकारी दिए । अन्य सहभागि विद्यालयहरुलाई हसौला स्वरुप समितिले प्रमाणपत्र पद्रान गरेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ खहरे पेप्सीकोलामा रहेको पाणिनी स्कुलमा भएको उक्त कार्यक्रममा ३२ विद्यालयलाई सहभागिता जनाउने भएतापनि २६ विद्यालय सदस्यहरुले सहभागिता जनाएका थिए । संस्थागत विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण शीर्षकमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले ५ मिनेट आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि काठमाडौँ जिल्ला शिक्षा समन्वय प्रमुख नन्दलाल पौडेल रहेका थिए । समापन कार्यक्रममा नेसनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाही र बाग्मती प्रदेश उपाध्यक्ष डिएन महतोले शुभकामना दिएका थिए । वक्तृत्वकलामा डा. विनोद मञ्जन र साहित्यकार, कलाकार तथा मानव अधिकारकर्मी सोमप्रसाद सुवेदीले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रमको संचालन भने नेसनल प्याब्सन काठमाडौँका सचिव अमृतकुमार खड्काले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्