लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारीप्रति कांग्रेसको आपत्ति

काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गरेका छन्। तर रुपन्देही कांग्रेसले भने यस बारेमा आपत्ति जनाएको छ । रूपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै नयाँ जनादेश प्राप्त भईसकेको अवस्थामा काम चलाउ सरकारले दीर्घकालीन प्रभावको कदम चाल्न खोजेको भन्दै आपत्ति जनाएका हुन् । मुख्यमन्त्री केसीले आफ्नै कार्यकालमा जसरी पनि स्थायी राजधानी सार्नेगरि तयारी गरेपछि अस्थायी मुकाममा रहेका कर्मचारी समेत विरोधमा उत्रिएका छन् । कांग्रेसले नयाँ सरकारलाई कार्यभार सुम्पिन समेत आग्रह गरेको छ । कांग्रेसले कर्मचारी आवास र प्रदेश सभाका सांसद बस्ने पूर्वाधार समेत नभएको स्थानमा लैजानु प्रतिकूल हुने जारी विज्ञप्ति भनिउकाे छ ।

हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन कांग्रेसले माग गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्