जटिबुटी तथा छाप्रो क्षेत्रमै भेटिन्छन् यौनकर्मीहरु, झाडीमा गए पाँच सय र होटल वा कोठा गए हजार

काठमाडौँ – काठमाडौको यौनकर्मी भेटिने ठाउँ भनेर रत्नपार्क त सबैले सुनेकै कुरा हो तर पछिल्लो समय काठमाडौँका अधिकांश क्षेत्रमा यौनकर्मीहरु खुलेआम मोलमोलाई गरेका भेटिने गरेका छन् । साँझ अध्यारो हुन थालेपछि सडक पेटी, चोक छेउ, आकाशे पुलमा यौनकर्मीहरुको आगमन हुने गरेको छ । पछिल्लो समय जडिबुटी, छाप्रो क्षेत्रमा पनि यौनकर्मीहरु लामबद्ध भएर उभिएका प्रष्ट देख्न सकिन्छ । साँझपख सडकपेटीहरु यौनकर्मीहरु पैदल यात्रु, सवारी यात्रुहरुसँग मोलमोलाई गरेर बसेका हुन्छन् ।

झाडीतिर गए पाँच सय मात्र तिर्नुपर्ने र होटल तथा कोठमा गए एक हजार तिर्नुपर्ने भन्दै युवा पुस्ताहरुलाई प्रलोभनमा पार्ने गरेका छन् । थौरै रकममा प्रलोभनमा पारि पछि लुट्ने गरेका छन् । यसकार्यमा बढीजसो तेस्रो लिंगीहरु भेटिने गरेका छन् । थोरै रकम भनी आफुसँग भएको सबै पैसा माग्ने र नभए मोबाइल समेत जफत गर्ने गरेका छन् । यदि केहि नभए प्रहरीलाई खबर गरी थुनामा पठाउने धम्की समेत दिने गरेका छन् ।

ख्ुलेआम यसरी यौन व्यवसाय हुदा समेत प्रहरी प्रशासन मौन जस्तै देखिन्छ । १०/१० मिनेटको अन्तरालमा गस्तीमा गइरहने प्रहरी पनि आँखा चिम्लेर नदेखे जस्तो गरि आउने जाने गरेको छ । यो जडिबुटी, छाप्रो क्षेत्र जस्ता विभिन्न क्षेत्रमा यौनकर्मीहरु खुलेआम मोलमोलाई गर्ने गरेका छन् ।

रत्नपार्क, कलंकी, नयाँ बसपार्क एरियामा त यौन व्यवसाय यति मौलाएको छ कि त्यहाँ खुलेआम मोलमोलाइ हुन्छ । ग्राहकहरु खोज्दै हिँडेका उनीहरु ५ सयदेखि माथि जति तिरे पनि यौन सम्बन्ध राख्नका लागि सहजै स्वीकार गर्छन् । नयाँ बसपार्क र रत्नपार्कमा त झन् खुलेआम नै हुन्छ यौन मोलमोलाई । कति दिने र यति दिने भए हुन्छ भन्दै मोलमोलाई गरेको देख्न र सुन्न पाइन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्