समानुपाति तर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

काठमाडौं – समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ । अब दोलखामा करिब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार एमालेले समानुपातिकमा २७ लाख ८८ हजार भन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ६० हजार मत प्राप्त गरेकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टीले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेर थ्रेस होल्ड कटाएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टी ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको आयाेगले जनाएकाे छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्