पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु, ११ जना घाइते

पर्वत – पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी जिपका चालक पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिष नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा पठाइएको छ ।

घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका–२ का बासिन्दा हुन् । जिप उकालो सडकबाट करिब एक सय ५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्