पैसा बाँड्न खोजेको भन्दै कानूनमन्त्री डेढ घण्टा नियन्त्रणमा

गण्डकी प्रदेशका कानुन मन्त्री बिन्दुकुमार थापा बुधबार राति डेढ घण्टा स्थानीयको नियन्त्रण्मा परेका छन् । नेपाली कांग्रेसबाट सत्तारुढ पाँच दलीय गठबन्धनको उनी कास्की क्षेत्र २९२० मा उम्मेदवार छन् । राति ८ बजे पोखरा १६ बाटुलेचौरस्थित गन्धर्व बस्तीमा पसेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

थापालाई स्थानीयले नियन्त्रणमा लिएपछि उनीहरूले निर्वाचन आयोग र प्रहरीलाई समेत खबर गरेका थिए । राति खोलाखेत हुँदै गन्धर्व बस्ती पसेर मतदातालाई आर्थिक प्रलोभनमा पारेको एमाले कार्यकर्ताको आरोप छ । थापालाई नियन्त्रणमा लिएपछि उनीहरुले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित चर्को नाराबाजी पनि गरेका थिए । तर त्यस ठाउँमा पुगेका निर्वाचन आयोगका कास्की क्षेत्र नम्बर २ का अधिकृत दयाराम अधिकारीले मन्त्रीले आचारसंहिता मिचे/नमिचेको अनुसन्धान गरिने र बिहीबार कार्यालयमा निवेदन दिन स्थानीयलाई आग्रह गरेका छन् । ‘भोलि आएर निवेदन दिनुहोस्, आचारसंहिता मिचे/नमिचेको अनुसन्धान गर्छौं,’ उनले स्थानीयलाई भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्