मामाको हत्या आरोपमा भान्जा पक्राउ परेपछि …

मोरङ –  मोरङमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ। पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। उनको हत्या गरेको आरोपमा प्रहरीले उनका भान्जा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई पक्राउ गरेको हो।

उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्