दार्चुलामा २ केजि चरेस सहित २ जना पक्राउ

File Photo

काठमाडौँ – अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मार्मा गाउँपालिका–२ लामाबगरबाट करिब दुई किलो चरेसजस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडी डिलाशैनी गाउँपालिका–२ गन्ना घर भएका मदन घरेडी र अपि हिमाल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दानसिंह धामी छन् । सुराकको आधारमा इलाका प्रहरी कार्यालय लटिनानाथबाट खटिएको प्रहरीले से.१ ज ६१८ नम्बरको जिपलाई जाँच गर्दा सोही जिपका चालक मदनको साथबाट उक्त पदार्थ फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा दानसिंह पछि पक्राउ परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्