गठबन्धनमा कांग्रेसले पायो ८७ सिट, सुदूरपश्चिममा कति ?

काठमाडौँ – सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ ।

बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ । अब कांग्रेसमाथि ८७ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ ।

गठबन्धनमा कांग्रेसले पाएका ८७ सिटमध्ये पार्टीको तल्लो कमिटीबाट २७ निर्वाचन क्षेत्रमा एकल सिफारिस आएको छ । प्रदेश १ मा कांग्रेसले पाउने १७ सिटमा ८ वटा क्षेत्रमा एकल सिफारिस भएको छ । यस्तै मधेस प्रदेशबाट ६ जनाको नाम एकल सिफारिस भएको छ । मधेस प्रदेशका १५ सिटमा कांग्रेसले उम्मेदवारी दिनेछ ।

बागमती प्रदेशमा कांग्रेसले उम्मेदवारी दिने १९ क्षेत्रमध्ये ४ सिटमा मात्र एकल सिफारिस छ । यता गण्डकी प्रदेशमा कांग्रेसले १२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भए पनि एउटामा मात्र एकल सिफारिस भएको छ । यस्तै, लुम्बिनीमा कांग्रेसले उम्मेदवारी दिने १२ क्षेत्रमध्ये ४ सिटमा मात्र एकल सिफारिस भएको छ । कर्णालीमा कांग्रेसले ४ र सुदूरपश्चिममा ९ क्षेत्रमा उम्मेदवारी दिने भए पनि ती दुई प्रदेशबाट २–२ सिटमा मात्र एकल नाम सिफारिस भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्