‘डेंगुले देश आक्रान्त छ, सरकार गठबन्धनका सिट बाड्न मै व्यस्त छ’ : चौधरी

काठमाडौँ – नेकपा एमालेकी नेतृ तथा निवर्तमान सांसद शान्ता चौधरीले सरकारको ध्यान गठबन्धनका सिट बाडफाँटमा गएको बताएकी छिन् । ‘डेंगुले देश आक्रान्त छ, हजारौ नेपाली बिरामी छन्, सरकार गठबन्धनका सिट बाड्न मै व्यस्त छ’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘देश र जनताको हितमा एउटा पनि काम गर्न नसक्ने कस्तो बिडम्बनाको सरकार परेछ, परमादेसले देशको समय बर्बाद बनायो ।’ चौधरीले परमादेशले देशको समय वर्वाद गरेको समेत बताएकी छिन् । सरकारले जनताको हितमा एउटा पनि काम नगरेको उनको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्