गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक, आज पुन: बैठक बस्दै

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटको विषय लगभग सहमति नजिक पुगेको दाबी गरिएकाे छ ।

मंगलबार सिट बाँडफाँटका लागि गठित कार्यदल र शीर्ष नेताहरूबीचको बैठकले सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटमा लगभग सहमति जुटाएकाे एक नेताले जानकारी दिए ।

उनका अनुसार मधेसका ३२ निर्वाचन क्षेत्रकाे भागवण्डा टुंगा लागेकाे छ । प्राप्त सूचना अनुसार मधेसमा जनता समाजवादी पार्टीले १३, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले २ सिट पाउने सहमति भएकाे छ ।

यहाँ गत निर्वाचनकाे मतभारलाई आधार मानेर सिट बाँड्ने सहमति भएकाे हाे । गठबन्धनकाे बैठक अहिले बिहान फेरि बस्दैछ । बिहान शीर्ष नेताहरूकाे बैठक बस्ने र आजै दिउँसाेसम्म सिट बाँडफाँटकाे अन्तिम टुंगाे लगाउने तयारी भइरहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्