राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनसक्नु पर्छ, वादका नारा लगाएर हुँदैन : भट्ट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सुदुरपश्चिम सह–इन्चार्ज प्रमानन्द भट्टले राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनुपर्ने बताएका छन् । नेता भट्टले बुधबार उपहारखबरसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनसक्नु पर्छ’ नेता भट्टले भने, ‘जनतालाई माक्र्सवाद, लेलिनवाद, विपीबाद समाजवाद चाहिएको छैन, जनताले डेलिभरी खोजेका छन् त्यो दिन सक्नु पर्दछ ।’

नेताल भट्टले संस्कारको राजनीति गर्नुपर्ने समेत औल्याएका छन् । राजनीतिलाई पेशा नभएर सेवा बनाउनुपर्नेमा समेत उनको जोड छ । नेता भट्ट बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि गठबन्धनबाट आकांक्षि छन् । भट्ट रजानीतिमा त्यागी नेताका रुपमा चिनिन्छन् । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापति भएपछि नेता भट्टले कुनै लाभको पद लिएका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्