आसन्न निर्वाचनमा दार्चुलाबाट कांग्रेसको जीत सूनिश्चित छ : मन्त्री बडु

File Photo

काठमाडाैं – नेपाली विद्यार्थी संघ दार्चुला–काठमाडौँ सम्पर्क समिति र नेपाली कांग्रेस दार्चुला–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा नजिकिदैँ गरेका चाडपर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छ । शनिवार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरेका हो ।

कार्यक्रममा विजया दशमी, शुभदीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न वक्ता तथा नेताहरुले आफ्नो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा २०७४ सालको निर्वाचनमा दार्चुलाबाट कांग्रेसका उम्मेदवार विक्रमसिँह धामी, प्रदेश उम्मेदवार मदन गिरी, नेता बासुदेव ऐतवाल, महादेव बडु, अमरसिँह धामी, नरेन्द्र धामी, विद्यार्थी संगठनका प्रमुख, नेपाली विद्यार्थी संघ दार्चुला–काठमाडौँ सम्पर्क समिति अन्र्तगत विभिन्न स्थानीय तह संयोजकहरुको उपस्थिति रहेको थियो ।

आसन्न निर्वाचनमा नेपाली कांग्रेसका नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा होमिने प्रतिवद्धता जनाएका छन् । दार्चुला जिल्लाका लागि नेपाली कांग्रेसले थुप्रै काम गरेको भएर निर्वाचनमा जीत सुनिश्चित हुने दाबी गरेका छन् । कांग्रेसले गरेका कामको प्रचार नभएर आमजनताले प्रष्ट रुपमा बुझ्न नसकेको दाबी गर्दै आगामी दिनमा जनतासामु गएर प्रष्ट पार्ने र जनता समेत कांग्रेस पक्षमा आउने भएकाले निर्वाचनमा जीत सूनिश्चित भएकोले सहि ढंगले परिचालित हुन समेत मन्त्री बडुले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

दार्चुलामा उद्योगका क्षेत्रमा, विद्युतका क्षेत्रमा, सडकका क्षेत्र लगायत अन्य भौतिक पूर्वाधारका क्षेत्रमा कांग्रेसको योगदान थुप्रै रहेकाले आगामी दिनमा पनि दार्चुलाले विकासको मुहार फेर्नेमा दुइमत नभएको उहाँले बताउनुभयो । नेकपा एमालेले संसद विघटन गरेर पुनः सांसदका लागि भोट माग्न जानु लस्जाजपद कुरा भएको समेत मन्त्री बडुले बताउनुभयो । परमादेशको सरकार भनेर प्रचार गर्ने आफु भने उही संसदको भत्ता पचाउन हिडेको समेत मन्त्री बडुले आरोप लगाउनुभयो ।

कार्यक्रममा नेता विक्रम धामीले आफ्नो दाबी संघीय चुनावको लागि भएको र प्रदेश क तर्फ उम्मेदवारी हुने भन्ने गलत प्रचार भएको प्रष्ट पारेका छन् । संघ या प्रदेश जहाँ सुकै भएपनि नेपाली कांग्रेसको जीत हुनुपर्ने र यसका लागि सबैले लागिपर्ने आह्वान गर्नुभयो । यस्तै अध्ययनरत विद्यार्थीहरुलाई पढाई कमजोर पारी राजनीतिमा नआउन र राजनीतिलाई पेशाको रुपमा नलिन आग्रह समेत गर्नुभयो । सबैभन्दा ठुलो पढाइ भएकोले पढाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले राखेको छोटो मन्तव्यमा आफु प्रदेश निर्वाचन क्षेत्र क बाट नलड्ने दाबी समेत गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्