एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगाको अध्यक्षमा पुनः भट्टराई चयन

कैलाली– एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगा नगर कमिटीको अध्यक्षमा पुनः गणेश प्रसाद भट्टराई चयन भएका छन् । शनिबार भएको तेस्रो नगर अधिवेशनले गणेश प्रसाद भट्टराईको नेतृत्वमा १५ सदस्यिय कमिटी गठन गरिएको हो ।
कमिटीको बरिष्ठ उपाध्यक्षमा युवराज कडेल, उपाध्यक्ष जय बहादुर बोहरा, सचिव खगीराज भट्ट र कोषाध्यक्ष रुप बहादुर विक तथा सदस्यहरुमा क्रमश धनेश बहादुर चौधरी, सोमराज भण्डारी, मान बहादुर चौधरी लगायत रहेका छन् ।
अधिवेशनले चक्र मल्लको संयोजक ५ सदस्यिय सल्लाहकार कमिटी चयन गरेको छ । सल्लाहकार कमिटी सदस्यहरु क्रमशः अमर बहादुर बोहरा, हर्क बहादुर ताडी, बद्री प्रसाद पौडेल, भरत विक चयन भएका छन् ।
पहिलो संविधान सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण कुमार चौधरीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सल्लाहकार समिति सदस्य मदन राज जोशीको उपस्थितिमा भएको अधिवेशनमा संगठनका जिल्ला उपाध्यक्ष धनीदत्त भट्ट, रोमनाथ अधिकारी, खडक मन्नी लगायतले मन्तव्य राखेका थिए । संगठनका अध्यक्ष गणेश प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव खगीराज भट्टले गतेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्