नेविसंघ दार्चुलाले संगठन विस्तारलाई तिव्रता दियो, मार्मा क्षेत्रका विभिन्न विद्यालयमा समिति गठन

काठमाडौँ – नेपाल विद्यार्थीसंघ दार्चुलाले संगठन विस्तारलाई तिव्रता दिएको छ । दार्चुलाको प्रदेशसभा‘ख’ मा विद्यार्थी संघले विभिन्न विद्यालयहरुमा पुगेर संठगन विस्तारको कामलाई तिव्रता दिएको नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव तथा प्रदेशसभा‘ख’का संयोजक कृष्णसिंह रावलले जानकारी दिए । रावलका अनुसार मार्मा क्षेत्रका विद्यालयहरुमा नेविसंघले संगठन विस्तार गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई समेत लक्षित गरि राजनीतिक दलहरुले संगठन विस्तार र कार्यक्रमहरुलाई तिव्रता दिएका छन् । र

संगठन विस्तारको कर्यक्रम जिल्ला भरि भएपनि दशैँको कारण केहि बाधा पुगेको सहसचिव रावलले बताए । उनका अनुसार दशै तिहार लगत्तै नेविसंघले संगठन विस्तरको कार्यलाई निरन्तरता दिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्