नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा

रसुवा– नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आज बिहान सात वटा चिनियाँ गाडीले सामान नेपाल तर्फ ल्याए सँगै नाका सञ्चालनमा आएको रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले बताउनुभयो । दैनिक १४ वटा चिनियाँ गाडीले आज सामान ल्याउने बताए पनि भोलि बाट थप २४ घन्टा सामान पठाउने चिनियाँ पक्षले बताएको छ ।

रसुवागढीमा सामान लोड अनलोड गर्ने, सवारी चालक तथा सुरक्षा निकाय, भन्सार कर्मचारी सँगै अन्य ब्यत्तीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धि सुरक्षाको सम्पूण मापदण्डमा रहि काम गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नबराज जैसीले बताउनुभयो ।

नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने रसुवागढी नाकाबाट कोरोनाका कारण कोटा प्रणालीमा माल वस्तु आयात हुँदै आएको छ भने लामो समय देखि निर्यातसँगै मानिसहरुको आवत जावत ठप्प छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्