चोलेन्द्रशमशेर राणाको बयान सकियो, राणाले बयानका क्रममा नाम लिएकाहरूसँग समितिले छलफल गर्ने

काठमाडौँ – संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले बयान दिएका थिए। राणालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ।

बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू विभिन्न मानिसहरूलाई विभिन्न आक्षेप लगाएका थिए। राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ। समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए। समितिले गत भदौ १५ गतेबाट बयान लिन सुरू गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्