नेपालमा बढेको अमेरिकी सक्रियतामा चीनको चाँसो

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् । नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे चिनीयाँ टोलीले चाँसो देखएको एक नेताले बताए । संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीले भेट गरेका थिए ।

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका उनको सचिवालयले जनाएको छ ।

प्रचण्डले नेपालमा दसैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गरेका छन् । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्