डेङ्गी रोग के हो, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?

काठमाडाैं – अहिले काठमाडाैं उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गी रोग भएका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो वर्ष विभिन्न जिल्लामा २,१०० जनाभन्दा बढी मानिसमा डेङ्गी पुष्टि भएको छ।

यो रोग नेपालमा पहिलो पटक विसं २०६१ सालमा चितवनमा देखा परेको सरकारी अभिलेखमा छ। त्यसपछि अहिलेसम्म यो रोग ६६ जिल्लामा पुगिसकेको डा. अधिकारीले बताए।

एक प्रजातिको लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्।

डेङ्गी रोग के हो, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?

डेङ्गीबारे विद्यावारिधि गरेकी रेश्मा तुलाधरसँग कुराकानी गरेर सृजना श्रेष्ठले यो भिडिओ बनाएकी छन्। डा. तुलाधर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागमा प्राध्यापन गर्छिन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्