अछाममा एक युवक मृत भेटिए

सांकेतिक तस्बिर

अछाम – अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ।

मंगलबार बेलुकी करिब ११ बजे उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो। उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए।

टाउकोमा चोटपटक लागेको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीले जानकारी दिए। ‘सडकमाथि ठूलो भिर छ, त्यहीँबाट लडेको हो की भन्ने शंका छ। यद्यपी हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्