एनप्याब्सनद्वारा आयोजित लोक साँस्कृतिक नृत्य प्रतियोगितामा अर्किड स्कुल तृतीय

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता-२०७९ मा अर्किड स्कुल तृतीय भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजना भएको उक्त प्रतियोगितामा काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल तृतीय भएको हो । काठमाडौं जिल्लाभरीका ५८ स्कुलमा अर्किड तृतीय भएको छ । जसमा उत्कृष्ट १० स्कुललाई ट्रफी प्रदान गरिएको थियोे ।

उक्त प्रतियोगितामा प्रथम इडु सम्मीट स्कुल, द्वितीय टेक्सस स्कुल, तृतीय अर्किड स्कुल, चौथो वेष्ट ग्रुप भीजन, पाँचौ पीक प्वाइन्ट एकेडेमी, छैटौं कान्तिपुर ईंग्लिश एकेडेमी, सातौँ विपुल शिक्षा निकेतन, आठौं दिव्य ज्ञान, नवौं फ्यूचर स्टार र दशौँ मेगा पब्लिक भएका थिए । यसैगरी उत्कृष्ट ड्रेसमा मिलस्टोन तथा उत्कृष्ट नृत्य निर्देशनमा अक्सफोर्ड स्कुल भएको थियोे ।

सचिव अमृत खड्का र सह सचिव समीर वास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

एनप्याव्सन काठमाडौं जिल्ला अध्यक्ष खडक बस्नेतको सभापतित्व तथा शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आथित्वमा कार्यक्रमको आयोजना गरिएको थियो । यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एनप्याब्सन केन्द्रीय अध्यक्ष पाण्डव हमाल र सह-अध्यक्ष सुवाष न्यौपाने रहनुभएको थियो । उहाँहरूले कार्यक्रम सुभकामना मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रम संयोजक टंक थापा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्