कैलालीमा ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

कैलाली – कैलालीमा ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्