सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् ।

गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मोडालिटी तयार गर्ने जनाएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले सय सिट दावी गर्दै आएको छ भने माओवादी लगायतका अन्य दलले उसको प्रस्ताव स्वीकार गर्न सकेका छैनन् । कांग्रेसको यही अडानका कारण कार्यदल स्तरमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्