उर्मिला थपलिया सहित १० जना काँग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । केन्द्रीय सदस्य मनोति गर्दा देउवाले आफूनिकट ५ जना मनोनीत गरेका छन् । सुनसरीकी लक्ष्मी खतिवडा, काठमाडौंकी राधा घले, झापाकी गोमा भट्टराई, रूपन्देहीकी गंगा शाही, नवलपुरकी सीता देवकोटालाई देउवाले केन्द्रीय सदस्य बनाएका हुन्।

देउवाले सोमबार स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने तथा सबैलाई समेटेर जाने प्रतिवद्धता जनाएका थिए।

सभापति देउवाले मंगलबार केन्द्रीय सदस्य मनोनीत गर्दा आफूलाई गत मंसिरमा भएको १४ औं महाधिवेशनमा सहयोग गरेका नेतानिकटलाई पनि समेटेका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट ललितपुरकी धना खतिवडा, पूर्वमहामन्त्री शशांक कोइरालानिकट धादिङकी उर्मिला थपलिया र प्रकाशमान सिंहनिकट काठमाडौंकी कल्याणी रिजाल केन्द्रीय सदस्य भएका छन्। १० केन्द्रीय सदस्य मनोनीत गर्दा देउवाले आफूलाई ५० प्रतिशत राखेर अरूलाई ५० प्रतिशत भाग दिएका हुन्। केन्द्रीय सदस्यमा मनोनीत भएपछि थपलियाले थप जिम्मेवारी प्राप्तभएको बताएकी छिन् । ‘मेरो सपनाले अझ एउटा खुड्किलो उक्लिएको छ । उनले फेसबुकमा लेखेकी छिन्, ‘आज केन्द्रीय सदस्यमा मनोनीत भए पश्चात मैले पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेकी छु ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्