एकैपटक विभिन्न मन्त्रालयमा ५२२ वटा अस्थायी दरबन्दी सिर्जना

FILE PHOTO

नेपाल सरकारले एकैपटक विभिन्न मन्त्रालयमा ५२२ वटा अस्थायी दरबन्दी सिर्जना गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरि ५२२ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै विभिन्न आयोजनाहरूका लागि राजपत्रांङ्कित श्रेणीका उक्त पदहरूको अस्थायी दरबन्दी स्वाकृत गर्ने निर्णय गरेको जानकारी दिए।

मन्त्री कार्कीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी ३५५, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा ५८, ऊर्जा मन्त्रालयमा ५१, कृषि तथा पशुपंक्षी मन्त्रालयमा २०, युवा तथा खेलकुद मन्त्रालयमा १५ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १५ वटा राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्