बडिमालिका र बुढिनन्दा जाने सरकारी टोलि प्रस्थान, चतुर्दशीमा भव्य पुजा हुने

बाजुरा – बाजुराजिल्लाको धार्मीक आस्थाको धरोहर बुढिनन्दा र बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सोमबार सरकारी डोल सहित प्रस्थान गरेका छन् । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको छ भने बुढिनन्दा जानको लागी बुढिनन्दा नगरपालिकाको सरकारी टोलीले प्रस्थान गरेको छ । सदरमुकाम मार्तडी बाट बुढिननदा र बडीमालि माताको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छन् । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बुढिनन्दा र बडिमालिका मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।
बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु ३ दिन पहिले देखी नै प्रस्थान गरीरहेका छन ।
यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । बडिमालिका यात्रा बर्ष योजनाका साथै बाटोमा यात्रुहरुलाई बस्नका लागि समस्या नहोस भनि त्रिपालहरु टहरा बनायर राम्रोे ब्यस्था गर्नुका साथै बाटोमा अस्थायी चर्पीको समेत ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट स्वयम सेवकहरुलाई खटन पठन गर्ने कार्यको ब्यबस्था मिलाई सकेको प्रबक्ता धर्मराज पाध्याले बताएका छन । उता बुढिनन्दामा जानेयात्रु हरुकोलागी बाटोमा समस्या नहोस् भनि बुढिनन्दा नगरपालिकाले पनि छाप्प्रको पाटनमा आधुनिक तरिकाको धर्मशालाको निर्माण गरीसकेको धनभडारमा पनी बस्नको समस्या नहोस् भनेर त्रिपालको समेत ब्यबस्खथा गरीसकेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
त्रिर्थालुहहरुलाई बाटोमा बिरामि भैहालेमा स्वाथ्य कार्यालय बाट र कोल्टी प्राथमिक केन्द्रबााटको स्वास्थ्य स्वयम् सेबक टोलीको समेत खटाई सकेको छ । बडिमालिकामा मन्दिरमा मालिका मा.बि. का स्काउटका बिद्यार्थिहरुलाई समेत स्वयम्सेबक को रुपमा पठाइसकेको छ ।
बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा श्रावण पुणीमाको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ । सो शक्ति पिठमा पुजा आजा गर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरुगरेका भएतापनि बडिमालिका र बुढिनन्दामा जाने सरकारी टोलीभने आज बिहान मात्र प्रस्थान गरेको छ ।
यस बर्ष साउन २६ गतेका दिन चर्तुदशि परेकोहुदा बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यँहा को मैदानी फांटमा ,रमणीय तथा बिभिन्न थरिका फुलको रमणिय दृष्य लाई कैद गर्न र रमणिय घांसे मैदान मा लुणिबुणि गरेर घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।


अघिल्लो २ बर्षहरुमा कोरोना महामारीका कारण धेरैले पुजा गर्न पाएका थिएनन् । यो बर्ष धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्ने सक्ने अुनमान गरिएको छ । साथै हयस बर्षमा बडिमालिकामा सप्ताह महापाठ गर्ने भएर पनि सो मन्दिरमा भक्तजनको संख्या बड्नसक्ने मेलाब्यबस्थापन समिति तथा पुजारी भानुभक्त उपाध्याले जनाएका छन् ।


पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेशी भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेर जाने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्