वनमा दाउरा काट्न गएकी महिलाको शव भेटिएपछि . . .

सांकेतिक तस्बिर

काठमाडौँ – रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक अर्धवैशे महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको हो ।

शुक्रबार विहान वनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी सुरु भएको थियो । खोजी गर्ने क्रममा शनिबार विहान ९ः१५ बजे मृतकको शव आफन्तहरुले फेला पारेका थिए । शव फेला परेको आफन्तहरुले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

शवको पोष्टमार्टम भई आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटना के कति कारणले भयो त्यसको अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्