अर्किड आइडलको नवौँ संस्करण सुरु

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलले अर्किड आइडल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
मंगलबार राजधानीको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा नवौँ सिजनको अर्किड आइडल नृत्य प्रतियोगिताको सुरुवात गरिएको हो । प्रतियोगितामा युकेजी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागि छन् । प्रतियोगितामा विद्यार्थीहरुलाई एकल नृत्य गराई उनीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन नेपालका विभिन्न लोक तथा सांस्कृतिक महत्व बोकेका नेपाली मौलिक संस्कृतिहरुको जगेर्ना गर्न तथा विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जगाउन प्रतियोगितालाई निरन्ता दिएको विद्यालयका प्रधानाध्यापक सिबी कार्कीले जानकारी दिए ।

नवौँ संस्करणसम्म आउँदा विद्यार्थीहरुमा नृत्यु कलाको विकास निकै भएको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिए । उनले भने, ‘नवौँ संस्करणसम्म आउँदा विद्यार्थीहरुमा नृत्य कलाको विकास निकै नै भएको र सहभागिता पनि ज्यादै धेरै भएको छ ।’ निर्देशक भुजेलका अनुसार यस वर्षको आइडलमा १०३ जना विद्यार्थीहरुले भाग लिएका छन् । प्रथम, द्वितीय, तृतीय र बेष्ट कष्टुम (उत्कृष्ट पहिरन) ले ट्रफि तथा प्रमाणपत्रहरु पाउने निर्देशक भुजेलले जानकारी दिए ।

अर्किड आइडलमा भाग लिईसकेका यस विद्यालयका पूर्व विद्यार्थीहरुले नृत्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको विद्यालयले जनाएको छ । आज भएको अडिसन राउण्डमा ६७ जना सेमिफाइनलको लागि छनोट भएका छन् । नेपाली नृत्य तथा मोडलिङमा ख्याती प्राप्त कलाकार सन्दिप भुजेलले आजको अडिसन राउण्डमा निर्णायकको भुमिका निभाएका थिए ।
अर्किड आइडलको सेमि फाइनल र फाइनल क्रमशः आगामी पहिलो र दोस्रो मंगलबार हुने निर्देशक भुजेलले जानकारी दिए ।

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्