आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिने

FILE PHOTO

काठमाडौँ – आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि सिंहदरबारमा बैठक डाकेका छन् । सम्भवतः आजको
बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नेछ ।

सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्