स्रोत नखुलेको ४९ लाख ५० हजारसहित एक जना पक्राउ

काठमाडौंको बौद्धस्थित तिनचुलीबाट स्रोत नखुलेको ४९ लाख ५० हजारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका धावा घ्याल्सेन छन् ।

धावा घ्याल्सेनको साथबाट ३२ लाख र डेराबाट १७ लाख ५० हजार स्रोत नखुलेको नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आरोपीले सो नगद ताइवानबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनीबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्