बिद्युत सट भएर घरमा आगलागि हुँदा नगद सहित लाखौको क्षति

देबराज पाध्याय

बाजुरा – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ रतुडामा रहेको एक घरमा बिद्युत सट भएर आगजनी भएको छ । बुधबार बिहान बडिमालिका नगरपालिका वाड नं. ८ का कालु कडायतको घरमा बिद्युत लाईन सट भएर आगलागी भएको त्यहाँका स्थानिय खडक बहादुर ऐडीले बतायका छन् ।

घरमा आगलागी हुदा घर भित्र रहेको अन्न, कपडा, डेढ तोला सुन, ५० तोला चांदी, भाडाकुडा र ४ लाख ४८ हजार नगद सहित घरभित्र रहेको सबै सामान हरु जलेर नस्ट भएको दिपक बहादुर ऐडीले बताएका छन् । सबै स्थानिय हरु आ–आफ्नो काममा टाढा–टाढा गएकोले आगो नियत्रण समयमा नभएको स्थानिनयले बताएका छन् अहिले त्यहांका स्थानियको सक्रियतामा आगो नियन्त्रणमा आईसकेको छ ।

आगलागिमा करिब ११ लाख को क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । घरमा रहेको बाइरिङ्ग गुणस्तरीय नभएकोले घरमा आगजनी भएको हुन सक्ने प्रहरीले आशंका रहेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्