मुग्लिन नारायणगढ सडकखण्ड झण्डै ८ घण्टापछि खुल्यो

File Photo

काठमाडाैं – पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक सूचारु भएको हो ।

सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम परेको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न प्रहरीले आग्रह गर्नु भएको हो ।

 

गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो । अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्