उद्योग मन्त्री बडूले भने – ‘नेपाल आयल निगम निजिकरण हुँदैन’

File Photo

काठमाडौँ – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाल आयल निगम निजिकरण नहुने बताएका छन् । मन्त्री बडूले आयल निगम निजिकरण गर्ने हल्ला निराधार भएको समेत बताए ।

शनिबार काठमाडौँमा आयोजति नेपाल एलपी ग्यास उद्योग संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री बडूले नेपाल आयल निगम निजिकरण नहुने तर निजि क्षेत्रको सहयोग भने आवश्यक रहेको बताएका हुन् । ‘नेपाल आयल निजिकरण हुदैन, तर निजि क्षेत्रको सहयोग भने आवश्यक रहन्छ’ मन्त्री बडूले भने, ‘आयल निगममा निजि क्षेत्र संलग्न रहेकै छ, निजि क्षेत्रले ढुवानीमा सहयोग गरिरहेको छ ।’

मन्त्री बडूले निगम सँग आफै ढुवानी गर्न सक्ने अवस्था नरहेको समेत बताए । विश्वबजारले नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा उतारचढाव आउने मन्त्री बडूाको भनाई छ । देशमा विदेशी मुद्रा घट्दो अवस्थामा रहेकोले पेट्रोलियम पदार्थको खपत घटाउने तर्फ सबैको ध्यान गएको स्मरण गराउँदै बडूले विद्युतीय उर्जालाई प्रोत्साहन दिनुपर्ने बताए ।

मन्त्री बडूले देशभित्र थलिएर रहेका उद्योग संचालन गर्नुपर्ने समेत बताए । त्यसको लागि अध्ययन गरिरहको तत्कालै जनकपुर चुरोट कारखाना लगायतका रुग्ण उद्योग संचालनमा ल्याइने बताए । उद्योग चलाउन निजि क्षेत्रसँग सरकार सहकार्य गर्न तयार रहेको समेत मन्त्री बडूको भनाइ थियो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्