कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो संक्रमण पुष्टि भएको हो ।

शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रममा सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्