बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको बुटवलमा सरुवा

काठमाडाैं – कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत टेकराज पन्थीको सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई बुटवल उपमहानगरपालिकामा सरुवा गरेको छ ।

नेपाल सरकारका उपसचिव रहेका पन्थी थुप्रै स्थानीय तहमा काम गरिसक्नुभएको छ । स्थानीय तहको विज्ञकै रुपमा उहाँलाई लिने गरिन्छ । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा उहाँलाई चिन्ने गरिन्छ ।

स्थानीय तहमा सुशासन, पार्दशिता, जवाफदेहिता प्रमुख प्रशासकीयको रुपमा परिचित पन्थीले विभिन्न स्थानीय तहमा चर्चा कमाइसकेका छन् ।

केहि राजनीतिक दवावका कारण उहाँको सरुवा भएको हो । पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्