लेकमका जनप्रतिनिधिले नियम विपरित झण्डै ४ लाख भत्ता लिएको खुलासा, कसले कति लिए ?

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार ३८६ रुपैँया लिएको खुलासा भएको हो । महालेखाले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ तथा पदाधिकारी सेवा सुविधा ऐन २०७५ र संशोधन २०७६ मा पदाधिकारीले स्थानीय तहमा अनुगमन गरेको भत्ता पाउने कुनै व्यवस्था गरेको देखिदैन, त्यसकारण सो रकम असुलउपर गुर्नपर्छ ।’
प्रतिवेदनका अनुसार गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले ६९ हजार २ सय, उपाध्यक्ष माधवी जोशीले ६८ हजार ६ सय, वडा अध्यक्ष दौलतसिँह साउदले २५ हजार, वडा अध्यक्ष भवानसिंह धामीले २२ हजार ९ सय रुपैँया भत्ता लिएका छन् । त्यस्तै वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशीले ५१ हजार ४८६, वडा अध्यक्ष महेन्द्रराज जोशीले २२ जहार ९ सय, वडा अध्यक्ष दिपेन्द्रसिंह बोहराले २२ हजार ९ सय, वडा अध्यक्ष कमलापति मिश्रले २२ हजार ९ सय रुपैयाँ लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै कार्यपालिका सदस्य हीरा धामीले ५ हजार ७ सय, वडा सदस्य नारायण दत्त भट्टले ८ हजार ५ सय, वडा सदस्य कृष्ण पन्तले १८ हजार ४४०, वडा सदस्य मानमती मिश्रले ११ हजार ८ सय २० रुपैयाँ लिएका छन् । यस्तै वडा सदस्य किस्ना टमाटाले ५ हजार ९ सय, कार्यपालिका सदस्य भागरथी पालले ७ हजार ६६६ रुपैँया लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार उक्त रुपैँया असुल उपर गर्नुपर्ने देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्