कैलालीको मसुरीयामा मोटरसाइकल दुर्घटना, ३ जना घाइते

मसुरिया – कैलालीको मसुरियामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ९ संकरपुर चोकमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेका दुईवटा सु.प.प्र.०१-००९ प.७८९१र से.७ प.११४७ नम्बर का मोटरसाइकल ठोकिएको इलाका प्रहरी कार्यालय मसुरियाले बताएको छ ।

सु.प.प्र.०१-००९ प.७८९१ सवार एक जना रमेश चौधरीको घुडामा चोट लागेको र से.७ प.११४७ सवार दुई जना गम्भीर घाइते रहेको बताइएको छ। घाइते तिनै जनालाई घोडाघोडी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। थप जानकारी आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मसुरिया ले बताएको छ। दुई जना घाइतेहरूको परिचय खुलेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्