हवाई भाडा फेरि बढ्यो, काठमाडौँ- धनगढीको १७ हजार नाघ्यो

काठमाडौँ – हवाई इन्धनको मूल्य बढेसँगै पुन: हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।

योसँगै काठमाडौं-धनगढी हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्