आइतबार विदा दिने सरकारको निर्णय

काठमाडौँ  – नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बकर इदको अवसरमा बिदा दिएको हो ।

आज एक सूचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदकालागि आइतबार विदा दिने निर्णय गरेको बताएको छ । बकर ईद असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध आएकाले आइतबार सो दिन बिदा कायम गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । सरकारकाे याे निर्णयसँगै सबै सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था त्यस दिन बन्द हुने भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्