भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै, ५ दिनमा ७० हजार बढी सङ्क्रमित थपिए, नेपालमा पनि जोखिम

काठमाडौं – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।

पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले वृद्धि भएको छ । योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ ।

एक दिन अघि भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो । देशमा सङ्क्रमण दर बढेर ४.३९ पुगेको छ । बिहीबार १७ हजार ३३६ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

भारतको केरलमा सङ्क्रमण दर १७ प्रतिशतभन्दा बढी रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ९८ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १० जनाले ज्यान पनि गुमाएका छन् । भारतको बढ्दो कोरोना संक्रमणले नेपालमा पनि जोखिम निम्तिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्