कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै कास्कीको लुम्ले र जुमलेटी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

आगामी तीन दिन कोशी, नारायणी, कमला, बागमती र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्