चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने

काठमाडौँ – चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको आज बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

यसका लागि २२ वटा जनवर्गीय सङ्गठनलाई सडक प्रदर्शनमा सहभागी गराउने तयारी रहेको अनेरास्ववियुले जनाएको छ । महँगीका कारण नागरिकले छाक टार्न नपाएर बाँच्नै नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकार भने कमिसनकै चक्करमा लागिरहेकाले सडक आन्दोलनमा जानुको विकल्प नरहेको अनेरास्ववियुको ठहर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्