प्रधानसेनापति शर्मा लेबनान प्रस्थान, असार १३ अमेरिकाकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज लेबनान प्रस्थान गर्नुभएको छ । द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ शर्मा रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी लेबनान प्रस्थान गर्नुभएको हो ।

प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । प्रधानसेनापति महारथी शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानको युनिफिल मिसन र त्यसपछि सिरियाको यूएनडीओफ मिसनको निरीक्षण भ्रमण गरी जानकारी लिनेछ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरिया, युनिफिल मिसन र यूएनडीओफका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । लेबनान प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई हिजो शुक्रवार जङ्गी अड्डानमा सम्मानगारत अर्पण गरिएको थियो । त्यस भ्रमणपछि प्रधानसेनापति शर्माले असार १३ संयुक्त राज्य अमेरिकाकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्