विहान ११ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेन

FILE PHOTO

काठमाडौं- नारायणगढ–मुग्लिन सडक विहान ११ बजेदेखि अझैसम्म पनि बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ । सडक खुलाउने प्रयास भएपनि अझै सूचारु भने हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्