प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत

विराटनगर प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् ।
आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए । छलफलमा उनीहरु जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन् । जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्